
दमक,३० जेठ । किवानिज क्लव अफ दमकको समन्वयमा दमक ८ मा बस्दैआएका अति विपन्न परिवारलाई खाद्यान्न राहत उपलव्ध गराईएको छ ।
कोरोना महामारीबाट दैनिक काममा जान बन्चित भएका मजदुर, एकल महिला, एकल पुरूष तथा अपाङ्गता भएका ३० परिवारलाई छनौट गरि त्यस्तो खाद्यन्न राहत प्रदान गरिएको हो । शनिवार क्लवले संक्षिप्त कार्यक्रम गरि ती राहत सामाग्रीहरु वितरण गरिएको थियो ।
झापा शिवसताक्षी घर भई हाल मध्य अमेरिका देश एल साल्भाडोर बस्दै आएका बोद्यानन्द अधिकारी र निलम लामिछाने अधिकारीको आर्थिक सहयोमा किवानिज क्लव अफ दमकले ७५ हजार वरावरको राहत बितरण गरेको कार्यक्रमका सयोजक गोविन्द राज कट्टेलले वताए ।राहत बितरणमा क्लवका अध्यक्ष रवि न्यौपाने केसी लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।