
इटहरी ,२९ जेठ । सुनसरीको इटहरीमा एक दम्पत्तीनै मृत फेला परेका छन् । इटहरी २० तरहराको एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् ।
उदयपुरको रौता गाउँपालिका ३ घर भएका उनीहरु हाल इटहरी २० मा बस्दै आएका थिए । मृत्यु हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई रहेका छन् । माछा मार्ने क्रममा करेन्ट लागेका उनीहरुको मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।