झापा ,२९ जेठ । ईलाका प्रहरी कार्यालय कुमरखोद झापाको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी भवनको उद्धघाटन गरेका हुन् ।
नवनिर्मित भवन उद्घाटनका क्रममा उनले यसअघि जीर्ण भवनमा कष्टका साथ बसेर सेवा प्रवाह गर्दै आएका प्रहरीलाई नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप सहयोग पुग्ने बताए । साथै उनले काम गर्ने प्रहरीमा मनोवल बृद्धि हुनु विश्वास ब्यक्त गरेका थिए ।
त्यस अवसरमा उनले जग्गादाता स्थानीय चन्द्रमाया कार्कीलाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गरेका थिए । प्रदेश सरकारबाट बिनियोजित २ करोड ३५ लाख ८० हजार १ सय ६२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण गरिएको जनाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वमणी बराल , झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर भद्रपुर झापाका प्रमुख देवराज अर्याल, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख सुवप्रसाद रिजाल , जनप्रतिनिधिहरु सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।