
झिलझिले,२८ जेठ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाले स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित लिम्बू-याक्थुङ् जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । झापाको दुधेस्थित भूपू सैनिक सभाहलमा शनिवार सो कार्यक्रममा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडाध्यक्ष, २९ वडा सदस्य गरी ४७ जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
चुम्लुङ् संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाको प्रमुख आतिथ्यतामा भएको बधाई तथा शुशिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्री मेघाहाङ् थोप्रा (रोशन ), हल्दिवारी गाउँ पालिकाका अध्यक्ष रविन्द्र लिङ्देन लगायत १६ वडा अध्यक्ष र २९ वडा सदस्यहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दे प्रमुख अतिथि डा. पालुङ्वाले जनताको विश्वास जितेर काम गर्न आग्रह गरे । उनले स्थानीय तह अहिले एक प्रकारको गर्न सक्ने नीति नियम बनाई लागु गर्दा स्थानीय ठाउँ र जनताको हितको काम गर्न सक्ने सर्व शक्ति सम्पन्न ठाउँ भएकोले तिनै नीतिमा विशेष गरेर आदिवासी लिम्बू र याक्थुङ् समुदायको हित हुने कुराहरुप्रति विशेष ध्यान दिन आग्रह गरेका थिए ।
विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय सदस्य तुम्याहाङ् जितबहादुर लावतीले झापा जिल्लाका विभिन्न नगर र गाउँपालिकाका नगर प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरु स्थानीय तहमा विभिन्न दलबाट प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएता पनि लिम्बू र याक्थुङ् समुदायको क्षेत्रमा एक मन, एक विचार भएर काम गर्न हुन आग्रह गरे ।
शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेघाहाङ् थोप्रा (रोशन )ले लिम्बूरयाक्थुङ् समुदायको निमित्त गर्न सकिने कामहरु नगरप्रमुखको हैसियतले गर्ने, गराउने प्रतिवद्धता जनाउदै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संबद्र्धनमा विशेष योगदान पुग्ने खालका कार्यक्रमहरु नगरमा तर्जुमा गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ्का संघीय सदस्य अमृत योङ्हाङ, राष्ट्रिय चुम्लुुङ् सदस्य जनबहादुर जवेगु, विर्तामोड नगरपालिका वडा न. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिवसताक्षी नगरपालिका वडा १ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, शिवसताक्षी नगरपालिका ७ का वडाध्यक्ष भुवानी विक्रम चेम्जोङ्, शिवसताक्षी नगरपालिका ९ का वडा अध्यक्ष डिल्लीलाल फेम्बु, शिवसताक्षी नगरपालिका ११ का वडाध्यक्ष बहादुर आङ्बो, बाह्रदशी गाउँपालिका ६ का वडा अध्यक्ष रत्न प्रकाश योङ्हाङ्, कमल २ का वडाध्यक्ष अशोक आङ्देम्बे, कियाचु लिम्बुवान कार्य समिति सचिव इक्साहाङ् चेम्जोङ्, मेचीनगर वडा न ७ की वडा सदस्य तथा कियाचु मेचीनगर नगर शाखाकी कोषाध्यक्ष मिनमाया लिम्बू सुब्बा लगायतले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थिए । चुम्लुङ् जिल्ला शाखा झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा कियाचु झापा शाखाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।