बालिका करणी आरोपमा अनाथलयका दुई सञ्चालक पक्राउ

इलाम, २८ जेठ । जवरजस्ती करणी गरको आरोपमा इलामस्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।
प्रहरी प्रमुख श्रेष्ठका अनुसार आरोप लागेका दुवैलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.