हर्कटेमा स्कारपियो दुर्घटना, कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु

बिर्तामोड , २७ जेठ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटना हुदाँ एक जनाको मृत्युभएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा इश्वरीप्रसाद खरेल रहेका छन् । उनी बिर्तामोडस्थित कर्णाली शाकोस सञ्चालक समितिका उपाध्यक्ष हुन् । कर्णाली साकोसका पदाधिकारी चढेको स्कोरपियो बिर्तामोडबाट इलामतर्फ जादै गर्दा साँझ ६ बजेतिर हर्कटेस्थित सडकखण्डमा बाटोभन्दा तल झर्दा दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान , कोषाध्यक्ष एकराज विष्ट ,सदस्य गणेश पराजुलीलगायत घाइते भएका छन् । उनीहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेका थिए । दुर्घटनाको सम्बन्धमा केहि खुल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published.