
कमल,२७ जेठ । झापाको कमल गाउँपालिका -६ मा रहेको उज्यालो एजुकेशन फाउण्डेशनले गतबर्ष बिभिन्न बिद्यामा उत्कृष्ठ हुने बालबालिका , शिक्षकशिक्षिका तथा अभिभावकलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
विहिबार विद्यालयको प्रांगढमा एक कार्यक्रम गरि ३ जना शिक्षक, दुई जना कर्मचारी तथा ४० जना उत्कृष्ठ विद्याथीएहरुलाई पुरस्कृत तथा सम्मान गरिएको विद्यालयका सञ्चालक केशव तिम्सीनाले बताए ।
उनका अनुसार पढाई , खेलकुद , मनोरञ्जन ,अनुशासन , सरसफाई लगायतका बिद्यामा उत्कृष्ठ ४० जना बिद्यार्थीलाई पुरस्कृत गरिएको हो । यसैगरि बिद्यालयमा उत्कृष्ठ सेवा गरे बापत एक जना शिक्षक २ जनाशिक्षिका र २ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ । विद्यालयको सफल सञ्चालनतथा स्तरोन्नतिका लागी उत्कृष्ठ सुझाब दिने अभिभावकहरु मध्ये १० जना अभिभावकहरुलाई मायाको चिनो प्रदान गरिएको बिद्यालयकी प्रिन्सीपल तारा गड्तौला तिम्सीनाले जानकारी दिइन् ।कार्यक्रममा अभिभावकको तर्फबाट रिता लिम्बुले मन्तब्य ब्यक्त गरिन्। सो अवसरमा विद्यालयका नानीबाबुहरुले बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
२०७२ सालमा स्थापना उक्त उज्यालो एजुकेशन फाउण्डेशन ईङ्गलीस बोर्डिङ स्कुलमा हाल १४ जना शिक्षक शिक्षिका तथा कर्मचारीहरु कार्यरत छन् । बिद्यालयले स्थापना देखी नै पठनपाठनका साथै बिभिन्न अतिरिक्त कृयाकलाप सञ्चालन गर्दै आएको छ ।