वाणिज्य संघद्धारा दमकका जनप्रतिनिधिहरुलाई सम्मान

मक,२७ जेठ ।यहाँस्थित दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखसहित सबै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

मक,२७ जेठ ।यहाँस्थित दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखसहित सबै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

संघले बिहिबार आफनै सभाकक्षमा एक कार्यक्रम गरि नवनिर्वाचित नगर प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँसहित १० वटै वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यहरु र कार्यपालिकामा निर्वाचित सदस्यहरुलाई सामूहिक रुपमा सम्मानसहित बधाई शुभकामना प्रदान गरेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता र नवनिर्वाचित नगर प्रमुख थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले शुभकामनासहित नगरको बिकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थापा, उपप्रमुख भट्टराई, संघका पूर्व अध्यक्ष विजय बराल, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख डम्बरु पराजुली ,इलाका प्रशासन कार्यालय दमकका प्रमुख लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल )ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन प्रथम उपाध्यक्ष राजु खडकाले गरेका थिए ।
धिमाल जातिय विकासद्धारा पनि सम्मान
धिमाल जातिय विकास केन्द्रले दमकका नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई बधाई शुभकामनासहित सम्मान प्रदान गरेको छ । नगरपालिकाको सभाहलमा विहिबार एक कार्यक्रम गरि नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईसहित दमकका १० वटै वडाध्यक्ष,कार्यपालिका सदस्य तथा सदस्यहरुलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published.