दुई सातादेखि आम्दाका छिमेकी युवाको निशुल्क भोजन अभियान

अभियानमा नगद सहयोग पुरयाउदै आम्दा इमरजेन्सी विभागका स्वास्थ्यकर्मीहरु

दमक,२७ जेठ । निषेधज्ञाका कारण दमकका होटलहरु वन्द भएपछि दुई सातादेखि दमक २ स्थित आम्दा अस्पताल क्षेत्रका युवाहरुले स्वतफूर्त निशुल्क भोजन सञ्चालन गरिआएका छन् ।
लामोसमयदेखि निषेधज्ञा लम्बिदै गएपछि अस्पतालमा उपचार गर्न आउने विरामी तथा कुरुवाहरुले खाना खान समस्या भएको भन्दै स्थानीय युवाहरुले खाना खुवाउने अभियान सञ्चालन गरिआएका हुन् ।
दमकमा मध्यराती सम्म र बिहान उज्यालो नहुँदैदेखि खुल्ने अस्पताल आसपास क्षेत्रका होटलहरु करिब एक महिनादेखि बन्द छन । अस्पतालमा आउने बिरामी, कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु अस्पताल आसपासमा चल्ने होटलका ग्राहक हुन्थे । त्यस्तै, बिरामी र कुरुवाको भरमा चलेका होटलहरु बन्द हुँदा ति होटल व्यवसायीहरु जति समस्यामा हुन्छन त्यो भन्दा धेरै अस्पतालमा आउने बिरामी कुरुवाहरु मर्कामा परेपछि युवाहरुले अभियानमार्फत खाना खुवाउदै आएका अभियानकर्मीहरुले बताएका छन् ।
खाना व्यवस्थापनका लागि स्थानीय युवा गोपाल थापाको संयोजकत्वमा अभियान समन्वय समिति गठन गरि काम गरिआएका छन् । अभियानको मुख्य उद्देश्य नै अस्पतालमा आउने कुरुवा र संक्रमित तथा बिरामीहरुका लागि होटलमा जस्तै तर निशुल्क सेवा पुरयाँउनु रहेको संयोजक थापा बताउँछन् । आम्दाका छिमेकी युवाहरुले विपदको यस घडीमा डर ,त्रास भन्दा टाढा रहेर स्वास्थ्य सावधानीका साथ बिहान, दिउँसो र राती समेत खाजा, खाना र तातोपानीको सेवा दिइरहेका छन् ।
आम्दा अस्पताल छिमेकी युवा परिवार नामाकरण गरेर युवाहरुले स्वतस्फूर्त रुपमा बिरामी र कुरुवाहरुलाई होटलको बिकल्पमा सेवा दिदैआएको अभियानका संयोजक थापाले वताए । थापा भन्छन– ‘हाम्रो उद्धेश्य अरु केही होइन समस्यामा परेकालाई सेवा गरौं भन्ने मात्रै हो, यसमा सहयोग समेत प्राप्त भईरहेको छ ।’
युवाहरुको यो अभियानमा जोडिएका अर्का नेतृत्वकर्ता हुन शम्भु भण्डारी । उनीहरुसहित त्यहाँका स्वयंसेवी युवाहरु निशुल्क भोजन अभियानमा निरन्तर लागिरहेका छन् ।
खाना खान नपाएको अवस्थामा यूवाहरुले निशुल्क खाना खुवाउने कार्यले विरामी र विरामीको रेखदेखमा खटिएकालाई ठूलो राहत पुगेको बिरामीका इलामबाट कोभिडका विरामी लिएर आएका दिनेश राईले बताए । अस्पताल आसपास सवै होटल वन्द छन्, दुई सातादेखि यसै अभियानमा खाना खादैआाएको उनले सुनाए । उनले भने, –‘पैसा हुदाँ पनि खान नपाईने स्थितिमा यहाँका युवाहरुले अत्यन्तै पूण्य कार्य गरेका छन् ’
आम्दा छिमेकी युवा परिवारको यो कामको प्रंशंसा गर्दै दाताहरुले आफनो जन्मदिन, बैबाहिक बर्ष गाँठको अवसर वा अरु नै दिनमा पनि नगद र जिन्सी सहयोग गर्दै आएका छन् । खानपीन जुटाउन कसैले सक्दो नगद दिन्छन् त कतिपयले दाल ,चामल ,सव्जी नै ल्याई दिन्छन् । स्वतफूर्त अभियानमा धेरैले साथ दिएका कारण काम गर्न थप हौसला मिलेको उनले वताएका छन् । कोरोना महामारीमा समस्या परेकालाई खाना खुवाउन पाउँदा आफूहरुलाई सन्तुष्टी मिलेको भन्दै उनले भने –‘ दैनिक करिब एक सय जनालाई यसरीनै खाना खुवाउने गरिआएका छौं ।’ उनले निषेधज्ञामा केहि सहजता नभएसम्म अभियानलाई जारी राख्ने स्पष्ट पारे । भन्छन् , –‘सबैको साथ,सहयोगले नै अभियानमार्फत सकेसम्म सेवा पुरयाँउदै आएको छौं ।’
आम्दा अस्पतालका इमरजेन्सी इन्चार्ज डा. शिखर कट्टेलले निषेधज्ञाका समयमा आम्दा अस्पताल छिमेकी युवाहरुको निशुल्क भोजनाको व्यवस्थापन कार्य मानवीयसंगै अतिनै पं्रशसनीय भएको वताए ।

Leave a Reply

Your email address will not be published.