‘म्यान अफ दि वर्ल्ड २०२३’ सहभागी पथरीशनिश्चरेका मोडल विशाल

पथरी शनिश्चरे, २७ जेष्ठ । नेपाली कलाकार तथा मोडल विशाल कटवाल ‘म्यान अफ दि वर्ल्ड २०२३’ प्रतियोगितामा सहभागी हुन यति बेला फिलिपिन्समा छन् । जुन १६ तारिख सम्पन्न हुने प्रतियोगिताका लागि कटवाल फिलिपिन्सको मनिलामा पुगेका हुन्।
मोरङ पथरीशनिश्चरेका प्रतिभा कट्वाल नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धीको रुपमा फिलिपिन्स पुगेका छन्।पेशाले ईन्जिनियर भएपनि कलाकारिताको क्षेत्रमा समेत संर्घष गरी रहेका कट्वालले ठूलो पर्दाका चलचित्रको साथै म्युजिक भिडियोहरुमा समेत काम गरिसकेका छन्।
फिलिपिन्समा जारी प्रतियोगितामा कट्वाल चन्द्र सुर्य अंकित दौरा सुरुवालमा देखिएका छन्। आफ्नो राष्ट्रको पहिचान झल्काउने पोशाक लगाउने चरण अन्तर्गत उनी शो पहिरनमा देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published.