
दमक,२७ जेठ । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले बामपन्थीहरुवीच त्तत्काल एकता सम्भव नभएकोबताएका छन् ।
दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अव हुने संघीय तथा प्रदेश निर्वाचनमा बामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थति अहिलेनै तयार भईनसकेको स्पष्ट पारे । बामपन्थी बिचार मिल्ने दलहरुवीच त्तत्काल एकता नभएपनि कालान्तरमा भने एक हुनुको बिकल्प नभएको उनको भनाई थियो ।
बामपन्थी नमिल्दा दक्षिणपन्थी शक्ति हावी हुदै गएको टिप्पणी गर्दे उनले त्यसको फाइदा नेपाली कांग्रेस लगायतका शक्तिले प्राप्त गरिआएको जिकीर गरे । बामपन्थी एकता मजवुत गर्न नसक्नुमा हाम्रो नेतृत्व मात्र नभएर बामपन्थी नेतृत्वको कतिपय कमजोरी भएको उनको टिप्पणी थियो ।
उनले स्थानीय तहको निर्वाचनमा सरकारले कतिवय स्थानमा धाँधली गरेर गठबन्धनलाई जिताएको समेत दावी गरे । पाँच दलीय गठबन्धनसंग एमाले एक्लै निर्वाचनमा होमिदा एमाले दोश्रो स्थानमा विजयी हुने सुखद उपलव्धि ठान्नु पर्ने उनको धारणा छ । उनले अगाडी भने , –‘आफनै पार्टीको घात अन्तरघात,सरकारी हस्तक्षेपसंगै अप्राकृतिक गठबन्धनबीचको प्रतिष्पर्धाले एमाले केहितल खुम्चिए पनि जनताको माँझमा भने लोकप्रियता कायमै देखिएको प्रष्ट हुन्छ ’
एक फरक प्रसंगमा नेता भट्टराईले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमसहितको वजेट ‘खिचढी’ को संज्ञा दिए । उनले भने , –‘बजेट चुनाव लक्षित आएको छ, वजेटले देशकै समग्र अर्थतन्त्र माथि उठाउन सक्ने आधार देखिन्न । ’
आजनै नेता भट्टराईले आज नै पार्टीको जनवर्गीय संगठनका रुपमा रहेको रिर्टनी फेडरेशनको दमकमा आयोजित प्रदेश १ स्तरिय भेलाको समेत उद्घाटन गरेका छन्