कोरोना संक्रमणबाट झापाका व्यवसायी पोखरेलको मृत्यु

झापा ,२७ जेठ । बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ । पोखरेलको कोरोना संक्रमणका कारण निधन भएको हो । विगत पाँच हप्तादेखि काठमाडौँको नर्भिक हस्पिटलमा उपचार गराइरहेका उनको गए राति १२ बजे निधन भएको हो ।

५३ वर्षीय पोखरेल दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी सबै माझ परिचित थिए ।

उनको शव अहिले बिहान ८ बजे हेलिकप्टर मार्फत झापा ल्याइने र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.