नगरपालिकालाई माओवादी केन्द्रको १९ वुँदे ज्ञापनपत्र

दमक,२६ जेठ । नेकपा माओवादी केन्द्र दमकले विभिन्न मागहरु समेटेर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
माओवादी दमकको नृेतत्व टोलीले विहिबार नगरपालिका कार्यालयमा पुगेर नगर प्रमुख रामकुमार थापालाई स्थानीय जनसरोकारका विभिन्न १९ वटा वुदाँगत माग राखेर ज्ञापनपत्र बुझाइएको माओवादी केन्द्रका नगर इन्चार्ज वेदु गौतमले जानकारी दिए ।
ज्ञापनपत्रमा भूमिहीन सुकुम्बासी,भूमिहीन दलित,अव्यवस्थित बसोबासीलाई तथ्यांक प्रमाणित गरि भूमि आयोगको समन्वयमा त्तत्काल जग्गाधनी पूर्जा उपलव्ध गराउनु पर्ने, त्यस्ता गरिव परिवारलाई शिक्षा,स्वास्थ्य, विजुली ,खानेपानी निशुल्क उपलव्ध गराउनु पर्ने , दमक ४ मा निर्माणाधीन भ्यूटावरको संरचनालाई उपयोग गरि मेडिकल कलेजसहितको प्रादेशिक अस्पताल सञ्चालनका लागि पहल गर्न माग गरिएको उल्लेख छ ।
यसैगरि बर्षोदेखि विबादित रहेको पूर्वाधार शुल्कको नाममा लिइने पटके कर तुरुन्त खारेजी गर्न ,लामोसमयदेखि बेवास्था रहेको सामुदायिक विद्यालयको नेतृत्व यथासीघ्र गर्न र कतिपय विद्यालयमा हुने चरम वेथिती तथा भ्रष्टचार नियन्त्रण एवं छानवीन गर्न माग गरिएको छ । पार्टीका नगर कमिटी अध्यक्ष कुलबहादुर बस्नेत (रवि ) र इन्चार्ज वेदु गौतमको हस्ताक्षार रहेको ज्ञापनपत्रमा सेनेटरी प्याड खरिदमा भएको अनियमिताको छानवीन गर्नु पर्ने, नगर भित्रका सम्पूर्ण मजदुरहरु पञ्जिकरण गरि परिचयपत्रको व्यवस्था गरिनु पर्ने तथा उनीहरुको निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्न माग उठाईएको छ ।
त्यस्तै, नगरका सडकहरुको स्तरन्नति गर्न, ट्राफिक व्यवस्थापन गर्न ,खोलाको दिर्घकालीन हुने गरि व्यवस्थापन गर्नुपर्ने, कक्षा १२ सम्म निशुल्क व्यवस्था गर्नुपर्ने, कला ,संस्कृति तथा साहित्यको विकास जस्ता समाज कल्याण सम्बन्धी कार्यक्रमलाई नियमित गर्नु पर्ने ज्ञापनपत्रमा समेटिएको छ । सार्वजनिक स्थलमा खुला क्षेत्रको महत्वलाई मध्यनजर गरि दमकको विभिन्न ठाउँमा प्रर्दशनी स्थल तथा खुला पार्कको व्यवस्था गर्न तथा दमक ९ मा निर्माणाधीन सभागृहलाई फाल्गुनन्द सभागृह नामाकरण गर्न मागपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.