
दमक,२६ जेठ। झापामा आज एकैदिन २०४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएपछि डिस्चार्ज भएका हुन् ।
यस्तै, जिल्लामा आज १७९ जना नयाँ संक्रमित थप भएका छन् । योसँगै झापाको सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ रहेको छ । हालसम्म ७ हजार ४ सय ५३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५ जना संक्रमित पुरुषको मृत्यू भएको छ । आज सबैभन्दा धेरै दमकमा ३८, विर्तामोडमा १८ जना संक्रमित थपिएका छन् ।