झापामा थप पाँचजनाको कोरोनाबाट मृत्यु

झापा , २६ जेठ । झापामा आज थप पाँचजनाको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना पुरुष रहेका छन् । मंगलबार राति हल्दिबारी -४ का ६४ वर्षिय बृद्धको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । योसँगै हल्दिबारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै बिर्तामोडमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोड वडा नं ५ का बिक थरका ६० वर्षिय बृद्धको मंगलबार बेलुका घरमै मृत्यु भएको हो । उनलाई बिर्तासिटी हस्पिटलमा उपचार गराई घर लगिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट बिर्तामोड- ५ मा मात्र मृत्यु हुनेको सँख्या ५ पुगेको छ । त्यस्तै भद्रपुर -९ का ९७ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको छ भने बुद्धशान्ति -३ का ३७ वर्षिय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै धरान- ११ का ७३ वर्षिय बृद्धको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.