उर्लावारी,२५ जेठ । मोरङ ,उर्लाबारी -३ स्थित नयाँ मंगलवारेमा विहिबार दिउँसो बसको ठक्करबाट स्कुटी चालकको मृत्युभएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ कमल गाउँपालिका वडा नम्वर २ का ३४ बर्षिय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयले बसमा आगो लगाएका हुन् ।
यता प्रहरीले ठक्कर दिने बसका चालक झापा ,कनकाई नगरपालिका ३ का ३२ बर्षिय टंक प्रसाद सुबेदीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए ।