यलम्बर चौकमा यलम्बरको सालिक निर्माण हुने

पथरी,२५ जेठ । यहाँस्थित पथरीशनिश्चरे नगरपालिका वडा नं १को यलम्बर चोकमा किराँत समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास गरिएको छ ।
शालिक निर्माणको वडा नं १ का वडाध्यक्ष बाबुराम येङदेनले गत शनिवार शिलान्यास गरे । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमार्फत शालिक निर्माण थालिएको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जानकारी दिए।
उक्त सालिकको निर्माणकार्य अन्तर्गत अहिले जग राख्ने र पानी फोहरा संरचनाको निर्माण कार्य धमाधम भईरहेको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.