पथरीमा सुविधा सम्पन्न पौडी पोखरी सञ्चालनमा

पथरी शनिश्चरे, २५ जेठ । मोरङको पथरी शनिश्चरे -२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरी सञ्चालनमा ल्याएको छ।शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिबन काटेर पोखरी उद्घाटन गरेका हुन् ।
बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिए। पौडी पोखरी ३ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको सो हरियाली पब्लिक लिमिटेड कम्पनीका अध्यक्ष दिलबहादुर तामाङले बताए । पर्यापर्यटनको विधानमा भए अनुरूप यो व्यवसायिक रूपमा संचालन गरिएको बताए । यसलाई संचालन गर्दा यसको सम्पूर्ण आय आम्दानीको ६० प्रतिशत जनतामा पुग्ने जनाए।
हरियालीमा विवाह, पार्टी, भोज, सांगीतिक, सांस्कृतिक कार्यक्रमको लागि एसीसहितको सभा हल चालु अवस्थामा रहेको छ ।हाल यस समूहमा पर्यपर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ ।
सामुदायिक वनभित्र नेपालको आकारको बोटिङ पोखरी, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण भइरहेको छ । कम्पनीमा हाल ८६१ जना शेयर सदस्य रहेको र पथरीशनिश्चरे नगरको लागि मात्र इच्छुकहरु नागरिकका लागि शेयर खुल्ला गरिएको जनाएको छ ।
वि।सं। २०७६ मा नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार हरियालीले प्राप्त गरिसकेको छ ।
स्वीमिङ गर्न चाहनेहरुका लागि बयस्कका लागि २०० र बालबालिकाको लागि १०० प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । निर्धारित शुल्कमा हरियाली सामुदायिक वन र शेयर सदस्यहरुलाई २५ प्रतिशत छुट गर्ने कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले बताए ।
पोखरीमा स्वीमिङ कष्टम, रिङटप, लाइभ ज्याकेट, लाइभ गार्ड रहेकोले पूर्ण सुरक्षा रहने छ । तुलनात्मक हिसावले अन्य पोखरीहरुमा भन्दा शुल्क सुपथ रहेको छ । पौडी (स्वीमिङ) यतिवेला मनोरञ्जनको लागि मात्र नभएर सिप (पौडि खेल्न सिक्ने), अत्याधिक गर्मी छल्न र व्ययमका लागि नियमित रुपमा खेल्न थालिएको छ । हरियालीले प्याकेजमा खैल्नेहरुका लागि मासिक, त्रैमासिक, अर्ध बार्षिक र बार्षिक रुपमा छुटमा कार्ड वितरण गर्ने समूहका अध्यक्ष काबुलबहादुर मगरले बताएका छन्। पत्रकार सम्मेलनपछि सञ्चारकर्मी र समूहका पदाधिकारी तयारी पोखरीमा परीक्षणको लागि पौडी खेलेका थिए ।
उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौमती वाजा समूहका संयोजक दीपक ढुंगेल, आन्तरिक लेखापरीक्षण संयोजक रमेश प्रसाद दाहाल लगायतले शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.