
गौरादह,२२ जेठ । कोरोना संक्रमणबाट झापा, गौरादहकी थप एक बृद्धाको विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गरिआएकी गौरादह नगरपालिका वडा न. ३ गौरीगाउँकी ६० बर्षिया बृद्धाको गएराती मृत्युभएको नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
मृतकमा मधुमेहको पनि समस्या रहेको थियो । योसँगै गौरादहमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।