खुकुरी प्रहारबाट ताप्लेजुङमा लिम्बूको मृत्यु

फुङ्लिङ, २१ जेठ । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
डीएसपी बेदप्रसाद गौतमका अनुसार गुरुङ र उनकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुगेका थिए ।
राति नै गुरुङ र उनकी श्रीमती वीच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाएको थियो । तर फक्ताङलुङ गाउँपालिका–३ को सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले अर्जुन र सरिता दुवै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर शेर्पाको मृत्यु
गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङ्ने क्रममा करेन्ट लागेर भोजपुरमा एकजनाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३.३० बजे भोजपुर नगरपालिका ९ पेम्बा छेउलिङ गुम्बामा स्थायी बसोवास गर्ने ४२ वर्षीय आङतेम्बा शेर्पा गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङ्ने क्रममा बिद्युतीय लाईनमा छुन गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.