नगर स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनको तयारी

अनुगमनका क्रममा उपप्रमुख भट्टराई ।

दमक,२० जेठ । दमक नगरपालिकाका नगर भित्रका १० वटै नगर स्वास्थ्य केन्द्रबाट निशुल्क ल्याब सेवा सञ्चालनको तयारी भईरहेको जनाएको छ । आधारभूत स्वास्थ्य परीक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी भएको नगरपालिकाले जनाएको हो ।
ल्याब सेवा सञ्चालनका लागी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले विहीवार नगरका सबै स्वास्थ्य केन्द्रहरुको स्थलगत अनुगमन गरिन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवश्यकता रहेको र कतिपयमा जनशक्तिसहित उपकरण पनि आवश्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा उप प्रमुख भट्टराईले नगरका सबै स्वास्थ्य केन्द्रमा एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिईन् ।
यसअघि दमकका स्वास्थ्य केन्द्रहरुमा भने हालसम्म ल्याव सञ्चालन हुन सकेको थिएन् । नगरपालिकाले स्वास्थ्य पहुँच पुरयाँउन एकीकृत ढंगलबाट त्यस्तो सुविधा उपलव्ध गराउन लागिएको उपप्रमुख भट्टराईले बताईन् । स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भएपछि रगत,पिसाव परीक्षण गर्न थप स्वास्थ्य सुविधा पाउने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले जानकारी दिए

दमक,२० जेठ । दमक नगरपालिकाका नगर भित्रका १० वटै नगर स्वास्थ्य केन्द्रबाट निशुल्क ल्याब सेवा सञ्चालनको तयारी भईरहेको जनाएको छ । आधारभूत स्वास्थ्य परीक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी भएको नगरपालिकाले जनाएको हो ।
ल्याब सेवा सञ्चालनका लागी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले विहीवार नगरका सबै स्वास्थ्य केन्द्रहरुको स्थलगत अनुगमन गरिन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवश्यकता रहेको र कतिपयमा जनशक्तिसहित उपकरण पनि आवश्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा उप प्रमुख भट्टराईले नगरका सबै स्वास्थ्य केन्द्रमा एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिईन् ।
यसअघि दमकका स्वास्थ्य केन्द्रहरुमा भने हालसम्म ल्याव सञ्चालन हुन सकेको थिएन् । नगरपालिकाले स्वास्थ्य पहुँच पुरयाँउन एकीकृत ढंगलबाट त्यस्तो सुविधा उपलव्ध गराउन लागिएको उपप्रमुख भट्टराईले बताईन् । स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भएपछि रगत,पिसाव परीक्षण गर्न थप स्वास्थ्य सुविधा पाउने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.