सुकेटारको नाम नफेर्न र खुवालुङ फूटाउने निर्णय खारेज गर्न सङजुम्भोको माग


काठमाडौ,२० जेठ । सरकारले हालै बजेट मार्पmत ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी स्व. रविन्द्र अधिकारी नामाकरण गर्ने र किरातीहरुको मुन्धुमी स्थल खुवालङ फोड्ने सरकारी निर्णयको पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भोले विरोध गरेको छ ।
सङजुम्भोका केन्द्रीय अध्यक्ष पकन्दी आङदेम्बेले प्रेस विज्ञप्ती जारी नेपालको संविधानबाट प्राप्त उपलव्धीलाई समाप्त गर्ने गरि सरकारले लिम्बूहरुको ऐतिहासिक स्थल ताप्लेजुङको सुकेटार विमानस्थललाई स्व. रविन्द्र अधिकारी र खुवालुङ फूटाउने कार्यले सिंगो सांस्कृतिक,धार्मिक सदभाव तथा राष्ट्रिय एकतामाथि नै यसले खलल पुरयाँउने कार्य भएको भन्दै विरोध जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ , –‘विभिन्न बहानावाजीमा मुलुकको बिविधतायुक्त समाप्त पार्न गरिने मानव सभ्यता विरोधी सांस्कृतिक अतिक्रमणहरु,कुकार्यहरु वन्द गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौ’
साथै सुकेटारको नाम परिवर्तन गर्ने र खुवालुङ फूटाउने सरकारी योजना अविलम्ब खारेज गर्न र नगरिए त्यस्ता एकात्मकबादी कुटिल चालवाजीको भण्डाफोर गरि डटेर प्रतिरोधमा उत्रन सम्पूर्ण लिम्बूवानबासीहरुमा सङजुम्भो हार्दिक अपिल गर्दछ भनिएको छ ।

Leave a Reply

Your email address will not be published.