जाउ एपको वजारीकरण सम्बन्धी अभिमुखीकरण

दमक,१९ जेठ । अनलाइनमार्फत आफना उपभोक्तालाई छिटो छरितो तथा गुणस्तरिय सेवा पुरयाँउने उद्देश्यले स्थापना गरिएको जाउ एप सर्भिस प्रालिले दमकमा वजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।
शुक्रवार एक कार्यक्रम गरि जाउ एपको जानकारी,प्रयोग गर्ने तरिका ,यसका फाइदाका बारेमा सहजीकरण गरिएको जाउ एप सर्भिस प्रालिका दमकका संयोजक कुमार नेपालले बताए । सन् २०२३ को जनवरीदेखि शुरु भएको एपले उपभोक्ता लक्षित ५२ किसिमको सेवा पुरयाँउदै आएको जाउ सर्भिस प्रालिका बोर्ड अफ डाइरेक्टर सञ्जीवकुमार राईले बताए ।जाउ एप सेवा अनेक भन्ने नाराका साथ उक्त प्रालिले इटहरीमा प्रधान कार्यालय स्थापना गरेर सेवा पुरयाँउदै आएको उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा कम्पन्नीका सिइओ दुर्गेश चौधरीले पनि जाउ एपमार्फत सवै किसिमको सुविधा पुरयाँउन कम्पन्नी प्रतिवद्ध भएको स्पष्ट पारे ।उनले जाउ र्सिर्भसले ५० बढी सेवाहरुलाई एकै एपमा उपलव्ध गराई अनलाइनमार्फत सेवा दिने उद्देश्यका साथ जाउ सुपर एप सञ्चालनमा ल्याईएको बताए । हाल एपमा सवारी बुकिङ्ग तथा खाजाको होम डेलिभेरीको बुकिङ्ग,साना तथा ठुला गाडीको बुकिङ्ग र ट्रान्सपोर्ट सेवा,प्लम्बर,इलेक्ट्रीसियन,व्यूटिपार्लर,सैलुन,वकिल, कुरियर लगायतका सेवा एकै एपबाट सेवा सञ्चालनमा रहेको उनले बताए । उनले निश्चित समयका लागि एप दर्ताको सेवा निशुल्क गरिएको बताएका छन् ।कार्यक्रममा विभिन्न पेशाकर्मीका तीन दर्जन सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.