कमल गाउँपालिकाद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

माग पत्र बुझाउदै गाउँपालिकाका अध्यक्ष राई

दमक,१८ जेठ । झापाको कमल गाउँपालिका र आदिवासी जनजाति रंगशाला तथा स्मृति प्रतिष्ठानको संयुक्त प्रतिनिधिमूलक टोलीले प्रदेश एक सरकारसंग विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश सरकारले ल्याउने आगामी बजेट तथा नीति कार्यक्रमलाई लक्षित गर्दै रंगशालासहित स्थानीय जनसरोकारका विभिन्न बिषयहरु समेटिएको माग पत्र बुझाईएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
उनकै नेतृत्वमा आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोसहित सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसंग भेट गरी समसामयिक तथा बिकास निर्माणका योजनाहरुलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाईएको हो । पालिकाको ज्ञापनपत्र अध्यक्ष राईले मन्त्री आङबोलाई हस्तान्तरण गरे ।
सो अवसरमा ज्ञापनपत्र बुझदैं मन्त्री आङबोले आदिवासी रंगशाला निर्माणका लागि प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
उनले कमलमा प्रदेशस्तरकै आयुर्वेद अस्पताल तत्काल सञ्चालनको तयारी भएको जानकारी दिए । सो अस्पतालमा आवश्यक जनशक्तिको दरबन्दी स्वीकृतिमा मन्त्रालयले आवश्यक प्रकृया पुरा गरिसकेका कारण अब सो आयुर्वेद अस्पताल तत्कालै सूचारु हुने सुनिश्चित गरिएको उनले बताए ।
पालिकाको ज्ञापन पत्रमा प्रदेश सरकारले प्रकृयागत रुपमा अनिवार्य आउने बजेट तथा कार्यक्रमका अतिरिक्त कमल गाउँपालिकामा देखिएको बिकासका पूर्वाधारहरु सडक स्तरोन्नती, खानेपानी लगायतका योजनाहरुका लागि अतिरिक्त बजेट निकासाको माग गर्न उल्लेख छ ।ज्ञापनपत्र बुझाउन कमल ५ का वडाध्यक्ष एलवी विष्ट, रंगशालाका महासचिव दिपेनवाला राईसहितको सरोकारवालाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.