झापामा चोरीका १२ मोटरसाईकलसहित ८ जना पक्राउ

झापा , १९ जेठ । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा दुई नाबालकसमेत रहेका छन् । मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड- ५ बस्ने १८ वर्षिय करण मण्डल , वडा न. ३ बस्ने १९ वर्षिय कुमार राजवंशी , अर्जुनधारा- ८ बस्ने १८ वर्षिय समिर मियाँ , आहिल ग्यारेजका संचालक सप्तरी ,टिकुली -५ बस्ने १७ वर्षिय करण महमद , गौरीगञ्ज- ५ बस्ने १८ वर्षिय ओमप्रकाश यादव , इलाम, चुलाचुली बस्ने १८ वर्षिय राहुल श्रेष्ठ तथा १४ र १५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

बिर्तामोड क्षेत्रमा विगत केही महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सुक्ष्म रुपमा खोजतलास शुरु गरेको थियो । त्यसक्रममा जेठ १८ गते अर्जुनधारा- ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा -१० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी, टिकुली -५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद भएको थियो ।

त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
बरामद गरिएका मोटरसाइकलहरुमा प्र.१–०१–०१४प ९३१९ , मे ६ प ७६३९ , प्र.१–०१–०१२ प २७५ , नम्बर प्लेट नटाँसेको एउटा , मे ७ प ७६४३ , मे १ प ७९४ , मे ६ प ६४५१ , मे ११ प ५२३७ , मे प ७६३९ , मे ९ प ७३४६ , मे ५ प ७१५०, मे४ प ४०६२ रहेका छन् । कार्यक्रममा बोल्दै डिएसपी पाठकले मोटरसाइकल चोरीमा संलग्न अरु पनि समूह हुनसक्ने भन्दै खोजीका लागि प्रहरीले सक्रियता बढाएको बताए । दुईदिन अघिमात्र दमक प्रहरीले चोरी गरेको चारवटा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published.