पत्रकार भण्डारीको स्मृतिमा पत्रकारिता पुरस्कार

पाँचथर ,१८ जेठ । नेपाल प्रेस युनियन पाँचथरले यूनियनका पूर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद, स्वर्गिय एकराज भण्डारीको स्मृतिमा ५ लाख रुपैंया राशीको एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । युनियनका जिल्ला अध्यक्ष जितेन्द्र भण्डारीले आईतबार जारी गरेको शोक विज्ञप्तिमा पाँच लाख अक्षय कोष रहने गरी ‘एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघका वर्तमान उपाध्यक्ष समेत रहेका ‘स्वर्गीय भण्डारीले पत्रकारिता क्षेत्रसँगै युनियनको संगठनमा पु¥याएको योगदानको सम्मान स्वरुप अक्षयकोष स्थापना गर्ने शोक विज्ञप्तिमा उल्लेख छ । भण्डारी लेखन र अध्यापनमा पनि सकृय थिए । यसैविच नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आईतबार शोक विज्ञप्ति जारी गर्दै भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

शाखा अध्यक्ष गिरिराज वास्कोटाले विज्ञप्ती जारी गर्दै भण्डारीको शोक मनाउन तीनदिन कार्यालय बन्द गर्ने र सातौ दिनदेखि शोक पुस्तिका राख्ने जानकारी दिए । उता नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीले पनि विज्ञप्ति जारी गदै भण्डारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

भण्डारीको कोरोनाका कारण २०७८ जेठ १५ गते उपचारको क्रममा झापाको विर्तामोड स्थित विर्तासिटी अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.