
दमक,१८ जेठ । झापाको कमल -७ स्थित मेमेङ टोलमा अवस्थित देवीथानमा यसवर्ष पनि देवीपूजापाठ गरिएको छ । बर्षोदेखि लाग्दैआएकोे देवीथानको पूजा यसवर्ष पनि धार्मिक पूजापाठ गरि सामूहिक रुपमा देवी पूजा गरिएको हो । देवीथान किरात युमा माङहिम प्रतिष्ठानको संरक्षकत्वमा विगत वर्षदेखि त्यहाँ देवीपूजा गरिआएको छ ।
कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड पालना गरि सहभागिहरुले सामूहिक रुपमा देवीपूजा गरेका थिए । देवीथानमा कतिपयले आफना भागल अनुसार त्रिशुल,घण्टा समेत थानमा चढाएका किरात युमा माङहिमका उपाध्यक्ष पूर्ण कुमार मावोले वताए ।
देवीपूजामा पूजारीद्धय बमबिक्रम लाओती, नरसिंह केरुङले बैद्धिक पूजापाठ गरेका थिए । देवीथान पाँच दशकजलदेखि स्थानीय समाजसेवी समेत रहेका माङहिमका जग्गादाता गणेश बहादुर केरुङले संरक्षण गरि बर्सेनी हरेक बर्ष देवीपूजा गरिदैआएको स्थानीय मोहन लिम्बूले बताएका छन् ।