
दमक,१७ जेठ । दमकका युवाहरुले सामाजिक सञ्जालमा उपयोग गरि दमक अस्पतालको कोभिड उपचार केन्द्रलाई करिव ७ लाख मूल्य पर्ने स्वास्थ्य उपकरण सहयोग प्रदान गरेका छन् ।
‘दमकका लागि दमकेली ग्रुप’ फेसबुकमार्फत देश ,विदेशमा सरसहयोग जुटाएर दमकको कोभिड अस्पताललाई करिव ७ लाख मूल्य पर्ने एक थान एवीजी व्लड एनालाइजर प्रोर्टेवल मेसीन उपलव्ध गराएका हुन् । त्यसका लागि सञ्जालमा जोडिएका ४४ जनाबाट ६ लाख ५१ हजार जुटाएका थिए ।
सञ्जालमार्फत संकलित रकमबाट स्वास्थ्य उपकरण नगर प्रमुख रामेनाथ ओली, अस्पतालकी अध्यक्ष समेत रहेकी नगर उपप्रमुख गीता अधिकारी,अस्पतालका प्रतिनिधिहरु लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
पछिल्ला समय विभिन्न संघसंस्था,व्यक्तिमार्फत सहयोग जुटिरहेको बेला उक्त सामाजिक सञ्जालले सहयोग पुरयाँएको देखेर मन भए काम गर्न सकिने रहेछ भनेर उदाहरण देखाएको नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले वताएका छन् ।
उनले भनेका छन्,–‘ दमक अस्पताल अन्तर्गतको कोभिड विशेष उपचार केन्द्रमा कोभिडका बिमारीलाई उपचारमा सहयोग पुरयाँउन कतै अस्तित्वमा नदेखिएको र परिचय समेत नखुलाएका मनकारीहरुले सक्दो सहयोग पुरयाँएका छन् । यस्तो सहयोगले अस्पतालको अग्रभागमा खटिएकालाई सबैलाई हौसल्ला मिलेको छ । ’