सुकेटार विमानस्थलको नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

ताप्लेजुङ१७ जेठ । फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ ।

सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए ।

डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । पहिलो वर्ष फुङलिङ नगरपालिकामार्फत ५० लाख र सहरी विकासमार्फत २० लाख गरी ७० लाख छुट्याएको सरकारले त्यसपछि बजेट विनियोजन गरेको छैन । एमालेको माधव नेपाल समूहसहित जिल्लाका ७ राजनीतिक दलले नाम परिवर्तन नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

नाम परिवर्तनको विषयले एमालेको ओली समूहका नेता पनि दबाबमा परेका छन् ।

Leave a Reply

Your email address will not be published.