
गौरादह ,१७ जेठ । कोरोना संक्रमणबाट एकैदिन झापा,गौरादहका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह ७ घर भई भारतको लखनउमा बस्दैआएका ५५ बर्षिय लक्ष्मी राई र काठमाडौंमा बस्दै ५० वर्षिय भाइराजा राईको मृत्युभएको हो ।
भारतीय सैनिकको जागिरबाट सेवा निवृत भई जेठो लक्ष्मी सपरिवार लखनउमा बस्दै आएका र उतै उपचारका क्रममा मृत्युभएको थियो । यस्तै, काठमाडौंमा अधिवक्ता रहेका भाइराजाको सोमबन दिउँसो निधन भएको संविधानसभा सदस्य दीपक कार्कीले जानकारी दिए । यस्तै, लक्ष्मीकी श्रीमतीको स्वास्थ्य अवस्था पनि गंभीर रहेको छ ।
त्यस्तै कोरोनाले मोरङको उर्लाबारीमा पाँच दिनभित्र एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गत जेठ १२ गते उर्लाबारी–२ मा बुबा कुमार धिमालको मृत्युभएको थियो भने छोरा तेजबहादुर धिमालको सोमबार विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा सोमबार दिउँसो १२ ः ४० मा मृत्यु भएको वडा अध्यक्ष राजन कँडेलले वताए । कुमार तत्कालिन उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष हुन् ।