नवर्निमित ल्याव भवनको उद्धघाटनसहित सेवा बिस्तार

दमक,१८ जेठ । कमल गाउँपालिका २ क्याम्पास्थित कमलनगर अस्पतालमा नवनिर्मित ल्याव भवनको उद्घाटनसहित सेवा विस्तार गरिएको छ ।विहिबार पालिकाका अध्यक्ष हुकुमसिंह राईले नवनिर्मित तीन कोठे ल्याव भवनको उद्घाटन गरे । नवनिर्मित ल्याव भवनको उद्घाटन गदैं उनले कमलबासीलाई आफनै ठाउँबाट विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन स्थानीय सरकार प्रयत्नशील भएको जोड दिए ।
नयाँ ल्याब भवनको सञ्चालन भएसंगै अस्पतालले अबका दिनमा ल्याव परीक्षणमा सुविधा पाउने उनको भनाई छ । उनले अस्पतालमा अव छिटटै २४ सै घण्टा आकस्मिकसहित भिडियो एक्सरे लगायतका सेवा समेत विस्तार गर्न लागिएको बताए ।
स्वास्थ्य वीमासहितको यस अस्पतालमा दैनिक २ सयका सेवाग्रहीले स्वास्थ्य सेवा लिदैआएका छन् । अस्पताल सञ्चालनको दुई वर्षको अवधिमा यस अस्पतालबाट स्थानीयले कार्यालय समय भित्र ओपीडीमा चिकित्सक,इसीजी,ल्याव ,फार्मेसीसहित रिफर सेवा पाउदैआएका छन् ।
ल्याव परीक्षण विस्तार पछि अव भने विरामीले हेमाटोलोजि एनालाइजर, थाइराईड जाँच लगायतको सेवा पाउने ल्याव इन्चार्ज विपिना श्रेष्ठले बताईन् । उनका अनुसार म्यानुएल पद्धतिमार्फत ल्याव सेवा दिदैआएकोमा अव भने अहिलेको सेवा भन्दा दोव्वर बढीले सहजसंगै गुणस्तरिय ल्याव सेवा प्राप्त गर्न सक्ने छन् ।
यसअघि अस्पताललाई दमकस्थित गणेश सर्जिकल दमकका प्रोपाइटर कमल ५ निवासी गणेश प्रधानले करिव ६ लाख मूल्य पर्ने एक थान थाइराईड जाँच उपकरण निशुल्क प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.