
दमक, १६ जेठ । कमल -५ स्थित मंगलमय माध्यमिक विद्यालयले बिध्यालयका पूर्व बिद्यार्थी तथा ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हुकुम सिंह राई सहित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । सोमबार बिध्यालयले औपचारिक कार्यक्रम गरि गाउँपालिका अध्यक्षमा निर्वाचित राईसहित वडाध्यक्ष लाल बहादुर बिष्ट र वडा सदस्यहरुलाई सामूहिक रुपमा सम्मानसहित बधाई शुभकामना ब्यक्त गरेको हो ।
सो अवसरमा अध्यक्ष राईले शिक्षा , स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी कार्यक्रमहरु ल्याउने बताए । उनले आफनो प्रारम्भिक शिक्षानै सोही बिध्यालयबाट हासिल गरेको स्मरण गरे । उनले कमल गाउँपालिका अन्तर्गतका सबै सामुदायिक बिध्यालयहरुको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन आवश्यक योजना पेश गर्न बिध्यालयहरुलाई आग्रह गरे ।
बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामाजिक ब्यक्तित्व दिलिप राई , गाउँपालिकाका शिक्षा प्रमुख सुर्य न्यौपाने , वडाध्यक्ष बिष्ट लगायतले बोलेका थिए । प्रधानाध्यापक मोहन बगालेले स्वागत गर्दै औचित्यमाथि प्रस्ट्याएका थिए ।