ट्राफिक व्यवस्थापनमा काँकडभिट्टा ट्राफिक प्रहरीको सक्रियता

झापा ६ जेठ। सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले अभियान थालेको छ । भारतीय नाकासँग जोडिएको सहर काँकडभिट्टाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी लागि परेको हो ।
पार्किङ व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा बोर्ड राख्ने, नो पार्किङ बोर्ड राख्ने, ह्वील लक जोन लेखिएका स्ट्यान्ड बोर्ड राखे साथै काँकडभिट्टामा रहेको बस पार्कलाई व्यवस्थित गर्न सवारी निस्कन स्थानमा डाट निर्माणको काम भएको ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

‘सिमावर्ती सहर काँकडभिट्टामा सवारी चाप पनि उस्तै छ । यसको व्यवस्थापन गर्नु र ट्राफिक व्यवस्थापनलाई चुस्त राख्नु हाम्रो दायित्व हो, उनले भने,-‘ हामी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनमा हामी स्थानीय र यातायात प्रालिसँग सहकार्य गरेर लागेका छौँ ।’उनले सडक प्रयोगकर्ता, सर्वसाधारण, विद्यार्थी, चालकलगायतलाई सडकमै सचेतना सम्बन्धि प्रशिक्षण दिइँदै आएको बताए ।

Leave a Reply

Your email address will not be published.