मोरङको कटहरीमा शव फेला

मोरङ,१५ जेठ । मोरङको कटहरीमा एक जना व्यक्तिको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आज आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठकअनुसार मृतकको शरीरमा ा चोट पनि देखिएका कारण शंकास्पद देखिएको र अनुसन्धान सुरु भएको छ ।
‘हत्या हो कि होइन यकिन भइसकेको छैन’, श्रेष्ठले भने। घटनास्थलमा एसपीसहितको टोली पुगेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.