दमक,१५ जेठ । दमकमा आज विहान थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । दमक- ५ का ७४ वर्षिय बृद्धको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा आज बिहान २ बजे मृत्युु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गतजेठ ५ गते संक्रमण पुष्टि भएको र उपचारका क्रममा मृत्युभएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
दमकमा चैत २५ यता आज विहानसम्म १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए ।