
झापा , १४ जेठ । नेपाली कांग्रेसकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले चुनाव हारेर एमाले अध्यक्ष केपी शर्मा ओली अत्तालिएको टिप्पणी गरेकी छन् । सरकारको नीति तथा कार्यक्रम माथि छलफल कार्यक्रममा शनिवार भाग लिदै सांसद लिम्बूले एमाले अध्यक्ष ओली मात्र होइन उनका पार्टीका सवै नेताहरुले जनतालाई झुठको खेती गरिआएको दावी गरिन् ।
चुनाव हारेका झवाकमा अनर्गल कुरा गरे पनि झुठ बोल्न उहाँलाई छुट नभएको बताउदै सांसद लिम्बूले जनताप्रति इमान्दर वन्न आग्रह गरिन् । आफना कुरा राख्न घण्टौ लामोसमय संसदलाई प्रयोग गर्ने तर हामीलाई भने तीन मिनेटको समय दिने कार्य पनि गलत भएको उनको भनाई थियो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी उनले ओलीले झापा क्षेत्र न. ५ को जनताको समृद्धिका लागि ठोस काम समेत नगरेको आरोप लगाईन् । दमकको निमार्णाधीन भ्यूटावरमा एमालेका केहि नेता,कार्यकर्ता पोस्ने काम भएको उनको जिकीर छ । उनले भनिन्, –‘ कमलको आदिवासी रंगशालालाई वेवारिसे बनाएको , दमकको सुकुम्बासीलाई प्रहरी लगाएर उठिबाँस गराएको ,दमकको फाल्गनुन्द सभागृहलाई नाम परिवर्तन गरेर अन्य बनाएको भन्दै ती सवैको जिम्मा ओलीले लिनुपर्छ ’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वातगयोग्य भएको र त्यसको कार्यान्वयनमा सवै लाग्नुपर्ने खाँचो औल्याइन् ।