
दमक,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गरेका छन् । दमक क्याम्पसको संयोजनमा आज भर्चुअलको माध्यमबाट उनले भवनको शिलान्यास गरे । शिलान्यास गरिएका व्यवसायिक प्रयोजनसहितका चार वटा व्लकहरु रहने छन ।
हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् । जसमा एकतला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा हुनेछन् । ३४ वटा कक्षा कोठा र १८ वटा सटर सहितका भवन बन्ने सञ्चालक समितिका सदस्य देउकुमार नेम्बाङले वताए ।
नगरपालिकामार्फत रु ८ करोड ९४ लाख रुपैयाको लागतमा ठेक्का लागेको हो । निर्माण संझौता १० महिना भित्र सम्पन्न गरिसक्नु पर्ने उनले बताए ।
भर्चुअलमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिब ईन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न यस दमक क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक बर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको वताए ।
प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि अन्य संरचनाको भने नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समेत स्थलगत शिलान्यास गरेका थिए ।