दमक,१४ जेठ । दमकस्थित मोडल कलेज तथा मदरल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलका संस्थापक सञ्चालक कुमार बुढाथोकीको निधन भएको छ ।लामोसमयदेखि पेट सम्बन्धी अस्वस्थ्य रहिआएका बुढाथोकीको गएराति आफनै घरमा अल्पायुमा नै निधन भएको हो । उनलाई केहिदिन अघि मात्र भारतको दिल्लीस्थित एपोलो हस्पिटल लगिएको र हिजो मात्र घर ल्याईएको थियो ।
दमक ५ निवासी ५३ बर्षिय बुढाथोकीको एक श्रीमती र छोरी छन् ।उनको पार्थिव शरीर आज विहान ११ वजे पवित्र नदी कन्काइ नदीमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ ।
उनको असमायिक निधन प्रति मोडल कलेजले तीनदिन सम्म शोक विदा दिएको छ । कलेजले शोक वक्तत्व निकालेर स्व. बुढाथोकीको निधन प्रति श्रद्धाञ्जली व्यक्त गदैं जारी पठनपाठन आजदेखि १६ गते शोक विदा दिईएको उल्लेख छ । कलेजले जेष्ठ १७ गते देखि भने कक्षा यथावत रुपमा सञ्चालन हुने साथै कक्षा ११ को प्रवेश पत्र सोहि दिन देखि वितरण गरिने जनाईएको छ ।
यसैगरि,प्याव्सन दमकले पनि आफना सदस्य स्व. बुढाथोकी निधनमा श्रद्धाञ्जली व्यक्त गदैं आज एक दिन प्याव्सन अन्तर्गत विद्यालयहरुमा शोक विदा दिईएको सचिव नविन योगीले जनाएका छन् ।