
दमक,१४ जेठ । यस प्रदेशवाणी डटकम न्यूज पोर्टलका सञ्चालक सदस्य दमक १० निवासी नवराज न्यौपानेलाई मातृ शोक परेको छ ।
उनका ममतामयी माता ५७ बर्षिया धनमाया न्यौपानेको आज विहान दमकको लाइफलाइन अस्पतालमा असमायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक केहि दिन यता श्वासप्रश्वास सम्बन्धी रोगवाट उपचार गरिआएकी थिइन् । नवराज नेविसंघ झापाका सदस्य तथा युवा कृषि उद्यमी हुन् ।
मृतकका जेठा छोरा डम्बरु, कान्छा नवराज, दुई छोरी मध्ये जेठी सम्झना, कान्छी दुर्गा न्यौपाने लगायत रहेका छन् । मृतकको आजनै कन्काई नदीमा दाहसंस्कार गरिएको थियो ।
यसैवीच प्रदेशवाणीकी अध्यक्ष लक्की सिटौलाले शोक पत्र जारी गरि आफना सञ्चालक सदस्य नवरजकी माता धनमायाको असायमिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दे शोकाकुल परिवारमा समवेदना गरिएको उल्लेख छ ।