स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

बुधबारे,१३ जेठ । स्कूल बसको ठक्करबाट आज अपरान्ह झापाको बुधबारेमा एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको हिलिहाङ ६ घर भई हाल बुधबारेमा बस्दै आएकी आठ वर्षीया बालिका सोमिया तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको ना.४ ख. १३१३ नम्बरको बसको ठक्करबाट तामाङको मृत्यु भएको थियो ।बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बिर्तामोड लगिएकोमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । घटनापछि प्रहरीले बस चालक इलाम रोङ गाउँपालिका घर भएका ५२ वर्षीय प्रेम कुमार राईलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.