मिटरब्याज पीडितहरुद्धारा झापामा ९७ वटा उजुरी

झापा,१३ जेठ । मिटरब्याज पीडितहरुले झापामा ९७ वटा उजुरी दर्ता गराएका छन् ।जिल्ला प्रशासन झापाले बैशाख १७ गते मिटरब्याज पीडितहरुलाई उजुरी दिन आह्वान गरेपछि झापामा ९७ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटरब्याज पीडितहरूको उजुरी लिन बैशाख १७ गते १५ दिने म्याद राखेर सूचना प्रबाह गरेको र जेठ ७ गते फेरि सात दिनका निम्ति म्याद थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो ।
त्यस बेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए ।
उनले २४ वटा मध्ये ११ वटा मुद्दाको काम सम्पन्न भइसकेको जानकारी दिए । प्रशासनले कारबाही गर्ने अधिकारी नभएकोले कारबाहीका लागि पीडितहरू अदालत जानुपर्ने उनले बताए ।
केही उजुरीमाथि दुवै पक्षबीच छलफल गराएको उनले जानकारी दिए । उजुरी दिएर केही पीडितहरू सम्पर्क मै नआएको उनले बताए ।झापामा पनि मिटरब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।
केही निवेदनहरुमा पीडित भए भन्दै आउनेहरु कै कमजोरीसम्म रहेको उनले बताए । केही निवेदन बैङ्कको ऋण नतिरेर बैंक बन्द गराउन परो भन्दै पनि आएको उनले बताए ।झापामा विशेष गरी शहरी क्षेत्रमा मिटरब्याजको प्रभाव धेरै देखिएको बताउँदै गाउँहरुमा पनि यसको प्रभाव पर्न थालेको बताए ।गत साउनमा पनि जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४ जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए ।तर, ति निवेदनमध्ये ११ वटा निवेदनको मुद्दा सुल्झि सकेको र नयाँ मुद्दामा पनि चार वटा मुद्दा सुल्झिएको न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.