भाइस डिष्ट्रिक्ट गर्भनरमा बबरजंग निर्वाचित

दमक ,१३ जेठ । लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्ट ३२५ सि, नेपालको भाइस डिष्ट्रिक्ट गर्भनरमा दमकका अग्रज लायन्कसकर्मी बबरजंग थापा (किरण ) निर्वाचित भएका छन् ।०२३-२०२४ का लागि शुक्रवार धरानमा भएको निर्वाचनबाट थापाले आफना प्रतिस्पर्धी दमककै लायन्सकर्मी अजय अग्रवाललाई पराजित गर्दै थापा निर्वाचित भएका हुन् । उनलाई दमककै पहिलो लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले उम्मेदवारी प्रस्तुत गरेका थिए ।
कुल तीन सय ३६ मतमा थापाले एक सय ९४ मत प्राप्त गरे भने प्रतिस्पर्धी रहेका अग्रवालले एक सय ४२ मतमै चित्त बुझाउनु परेको थियो । शुक्रबार सम्पन्न भएको मतदानमा थापाले १ सय ९४ मत ल्याएर बिजयी हुँदा अग्रवालले १ सय ४२ मतमै चित्त बुझाउनु परेको थियो । भाइस डिष्ट्रिक्ट गर्भनरमा दमकका दुवै लायन्स अगुवा प्रतिष्पर्धामा उत्रिएका थिए ।
यस्तै ३ सय २७ जनाको समर्थन पाएर डिस्ट्रिक गभर्नरमा हरी शर्मा निर्वाचित हुदाँ उनको विपक्षमा अर्थात नो भोटमा १० जनाले मतदान गरेका थिए भने ५ जनाको मत बदर भएको थियो । यससंगै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ सि शर्माको नेतृत्वमा पुगेको छ ।
यस्तै फस्र्ट डिस्ट्रिक गभर्नरमा विकास अधिकारी ३ सय २२ जनाको भोट पाउँदै निर्वाचित भए भने उनको विपक्षमा अर्थात नो भोट गर्नेहरु १५ जना थिए ।नयाँ नेतृत्व चयन गर्नका लागि सम्पन्न निर्वाचनमा झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुबाट लायनकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.