स्वतन्त्रताको पक्षमा प्रेस जगतको भुमिका महत्वपूर्ण हुनेमा जोड

गौरादह ,१३ जेठ । नागरिकका हरेक खाले स्वतन्त्रताको पक्षमा प्रेस जगतको भुमिका महत्वपूर्ण हुने झापाको गौरादहमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसका अवसरमा युनियन झापा जिल्ला समितिको आयोजना र माइपश्चिम क्षेत्रीय समितिको समन्वयमा गौरादहमा आयोजित स्थापना दिवस विशेष कार्यक्रमका वक्ताहरुले
वक्ताहरुले प्रेस स्वतन्त्रता नभएसम्म नागरिकहरुका संबैधानिक हक अधिकारको संरक्षण र उपयोग हुन नसक्ने भएकाले लोकतन्त्रको रक्षा र नागरिक स्वतन्त्रताका लागि प्रजतान्त्रिक पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमको प्रमुख आतिथ्य र युनियनका झापा जिल्ला समिति अध्यक्ष गिरिराज भट्टराईको सभापतित्वमा गौरादह १ को वडा कार्यालयमा भएको सो कार्यक्रममा प्रमुख अतिथी गौतमले पत्रकारहरु रचनात्मक प्रतिपक्षको भुमिकामा उभिनुपर्ने औंल्याइन ।
कांग्रेस महाधिवेशन प्रतिनिधिद्धय रोहितकुमार साह र अनिलकृष्ण प्रसाइँ, गौरादह नगर उपसभापति मेघराज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै कांग्रेसको आन्तरिक मामिलादेखि आम नागरिकका हक अधिकारका सवालमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा आवाज बुलन्द गर्नुपर्ने औंल्याए ।
सो अवसरमा पत्रकार र कार्यक्रमका सहभागी पार्टी नेता, कार्यकर्ताहरु समेतलाई लक्षित गरी संगठन सञ्चालन तथा सांगठनिक गतिबिधिमा उपयोगी दुई वटा बिषयमा प्रेस युनियन झापाका सल्लाहकार समेत रहेका पत्रकार राजेन्द्र गौतमले सहजीकरण समेत गरेका थिए । गौतमले प्रेस विज्ञप्ती लेखन र माइन्यूट लेखनका बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।युनियन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन जिल्ला सचिव अर्जुन राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.