काठमाडौँ, १२ जेठ । नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ७१४ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। आजसम्म सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको छ ।
आज एन्टीजेन परीक्षणबाट ३७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ५ लाख ३५ हजार ५६२ जना पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ हजार ३५२ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख ७७ हजार ९७२ जनाको परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज १ हजार ४९३ जना थपिएका छन् । आज काठमाडौंमा मात्र १ हजार १३९, भक्तपुरमा ११३ र ललितपुरमा २१४ जना थपिएका हुन् ।