
झापा, १२ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सपरिवारै कोरोना सङ्क्रमणमुक्त भएका छन् । शर्माको सोमबार गरिएको परीक्षणको आज नेगेटिभ रिपोर्ट आएको हो । शर्माकी पत्नी कविता शर्मा, छोरी स्वीकृति शर्मा र छोरा शिर्षक भण्डारीले पनि कोरोना जितेका छन् ।
प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिए । कोरोना लागे पनि उच्च मनोवल राखे कोरोनालाई जित्न सकिने उनले बताएका छन् ।शर्माले मित्रको शुभेच्छा र चिकित्सकको मार्ग निर्देशनप्रति आभारी भएको बताए ।