गौरादह,१२ जेठ । झापा,गौरादह एक जनासहित थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये २ जना बिर्तामोडका छन् । बिर्तामोडका मृत्यु हुनेमा वडा नं ३ की ८४ वर्षिया बृद्धा र वडा नं १ का ६० वर्षिय बृद्ध रहेका छन् । बिर्तामोड- ३ की ती बृद्धाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै मुर्मू थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो ।
मेची अस्पतालमै भद्रपुर -९ का ६५ वर्षिय भट्टराई थरका बृद्धको पनि मृत्यु भएको छ । त्यस्तै गौरादह- २ का ५० वर्षिय गौतम थरका पुरुषको दमकको एडभान्स हस्पिटलमा मृत्यु भएको छ ।