माओवादी केन्द्रको रक्तदान, ७५ पिन्ट संकलन

दुधे, ११ जेठ । झापाको शिबसताक्षी २ मा आज नेकपा (माओवादी केन्द) ले आयोजना गरेको रक्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।
स्थानीय निर्वाचनका कारण झापामा रगतको अभाव भईरहेको र त्यस्तो समस्या हुन नदिन खुला रक्तदान कार्यक्रम गरिएको माओवादी केन्द्रबाट निर्वाचित वडा न. २ का अध्यक्ष भिम नेम्वाङले बताए ।
कार्यक्रममा ५ महिलासहित ७५ पिन्ट रगत संकलन भएको थियो । रक्तसञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको रक्तदानमा पार्टी नेता, कार्यकर्ता तथा सर्वसाधारणले रगतदान गरेको माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रेम याम्फु राई ,प्रदेश सदस्य भुवन राई , नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरी , प्रेस क्लब शिव सताक्षी अध्यक्ष सेलिङ केसी लगायतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published.