
दमक,११ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा आज विहान ७.३० बजे भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा मोरङ,पथरीशनिश्चरे नगरपालिका ८ का ३० वर्षिय प्रकाश राई र षडानन्द नगरपालिका ८ भोजपुरका २५ वर्षिय पिचोहाङ्ग राई रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मृतक दुवै म्यादी प्रहरी भएको खुलेको छ । निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा द्धय राईलाई बसले ठक्कर दिएको हो ।
पूर्वबाट पश्चिम जादै गरेको प्रदेश १ ०२—०४०प — ७१४९ को पल्सर मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको को १ ख ७१८५ नम्वरको यात्रुवहाक बसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुबै जनाकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।