

दमक,११ जेठ । यहाँस्थित दमक अस्पताल अन्तर्गतको कोभिड बिशेष उपचार केन्द्रमा विभिन्न संघ संस्था तथा सहयोगी दाताहरुबाट अति आवश्यकीय उपकरणहरु धमाधम उपलब्ध हुने क्रम जारी छ ।
कोभिड अस्पताल व्यवस्थापन फोकल पर्सन देवी दंगालका अनुसार विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा बस्दैआएका दमक आसपासका बासिन्दाहरुले अस्पतालका आवश्यक उपकरणहरु सहयोग दिने कार्य भईरहेको छ ।
यसैगरि, आजनै दमक- ६ स्थित ईन्दु सर्जिकलका सञ्चालक लक्ष्मी भट्टराईले आफनो २५ औ बैबाहिक बर्षगाँठको उपलक्ष्यमा दमकको कोभिड अस्पताललाई एक सेट विरामी राख्ने बेड प्रदान गरिदै का छन् । लायन्स क्लव अफ दमक श्रीअन्तुका अध्यक्ष समेत रहेका लक्ष्मीले आफनी श्रीमती ईन्दिरा काफ्ले भट्टराईवीच आज पर्न गएको २५ ओेैं विवाह बर्षगाँठको उपलक्ष्यमा ती सामाग्री दिएका हुन् । दम्पत्तीसहित लायन्सकर्मीहरु अस्पताल पुगेर उक्त बेड हस्तान्तरण गरेका लायन्स क्लव अफ श्रीअन्तुका पूर्व अध्यक्ष पारष पाण्डेले बताएका छन् ।
त्यसैगरि दमक- ८ घरभई हाल वैदेशिक रोजगारिको शिलशिलामा कतारमा बस्दैआएका डिलजन बोहोरा र सन्तोष गौतमको अगुवाईमा आम्दा अस्पताललाई एक थान र दमक अस्पतालको कोभिड उपचार केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिदै उपलव्ध गराएका छन् ।
उनीहरुसहित त्यहाँ कार्यरत रहेका २३ जना नेपालीहरुबाट संकलित रु ३ लाख ४५ हजार रुपैयाबाट ती उपकरणहरु खरिद गरि हस्तान्तरण गरिएको जनाईएको छ । ती सामाग्रीहरु दमक उद्योग वाणिज्य संघका सदस्य चन्द्र खत्रीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।