झापा, ११ जेठ । नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणविरुद्ध संघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाले बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रदेश नामकरणविरुद्ध संघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ–‘ आन्दोलनरत सम्पूर्ण साथीहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं ।’
नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई दमन नगर्न र समस्या समाधानका लागि पहल गर्न प्रदेश सरकारलाई सचेत गराउँदै अगाडि भनिएको छ– ‘प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कफ्र्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं ।’